बालुवाटारमा देउवा, प्रचण्ड र माधवबीच छलफल

बालुवाटारमा देउवा, प्रचण्ड र माधवबीच छलफल

काठमाडौं । सत्तागठबन्धनका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । विहान प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो ।

पार्टीको सर्वदलीय बैठकअघि देउवाले प्रचण्ड र माधव नेपालसँग छलफल गरेको स्रोतले बतायो । उनीहरुबीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव, एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको बुझिएको छ ।

राजदूत नियुक्तिका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले गत विहीबार पनि राजदूत नियुक्तिका सन्दर्भमा प्रचण्ड र नेपालसँग छलफल गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.