काठमाण्डौ । फागुन ६ गतेदेखि १५ गतेसम्म भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) हुने भएको छ । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले १० दिनसम्म उडान सञ्चालन हुने जनाउको हो ।
एरो थाईको जहाज फागुन ५ गते काठमाण्डौमा रहेको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण गर्ने र काठमाण्डौबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ । परीक्षण उडानपछि यो विमानस्थमा व्यावसायिक उडान गर्ने तयारी गरिएको छ । गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी काम सम्पन्न भइसकेको छ ।
