भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद

बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद

दोलखा । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ढुङमामुनि लुकाइराखेको यो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले यसअघि जामुनेको होटेलबाट तीन किलो र चार किलो सुन सहित ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र श्रीमती ३० वर्षीया सुनमाला तामाङ,२८ वर्षीय केशर तामाङ, १८ वर्षीय पेम्बा तामाङ र लामाबगरको गोंगरका २० वर्षीय माधव मगरलाई पक्राउ गरेको थियो ।

चीनबाट अवैध रूपमा ल्याएको सुन लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । तीन पटकमा ११ किलो सुन बरामद भएको छ । अरू व्यक्तिहरू फेला परेका छैनन् । खोज अनुसन्धान तीव्र रूपमा भइरहेको छ ।

अहिलेसम्मको अनुसन्धानबाट पक्राउ परेका मध्ये केही लगानीकर्ता र केही भरिया भएको प्रहरी नायब निरीक्षक दीपक खडकाले बताए । सोक्टाबाट फलयक हुँदै सुन ल्याएको उनको भनाइ छ । पक्राउ परेकाहरूलाई सङ्गठित अपराध र भन्सार कानुन अनुसार कारबाही अगाडि बढाइएको छ । अनुसन्धान भइरहेकाले अहिले नै यथार्थ पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.