भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बिस्का जात्राको तयारी बैठक

बिस्का जात्राको तयारी बैठक

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालाहरूसँग नगरपालिकाले छलफल गरेको छ । बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७९/०८० को बिस्का जात्रा निर्धारित समयमा सुरक्षित ढंगले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरे ।

भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक बिस्का जात्राको महत्वमाथि प्रकाश पार्दै प्रजापतिले जात्राको समय व्यवस्थापनले जात्रालाई शान्तिपूर्ण बनाउन मद्दत पुग्ने बताए । बिस्का जात्रा भक्तपुरको मात्र नभई नेपालकै गौरवको जात्रा भएको प्रजिअ उद्धवप्रसाद रिजालले बताए । उनले जात्रा शान्तिपूर्ण र मर्यादित बनाउन सबै सरोकारवालाहरुले आआफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

जात्रा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीहरु भइरहेको गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले अवगत गराए । बैठकमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, इन्द्रबक्स गणका प्रतिनिधि, राष्ट्रिय अनुन्धान विभाग, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग,

नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

सरोकारवालाबीच भएका निर्णयहरू:
१. यस वर्षको विस्का जात्रा शान्तिपूर्ण र भव्यताका साथ सम्पन्न गर्न जात्रा संचालन हुने सम्पूर्ण क्षेत्रहरुको सरसफाई र आवश्यक व्यवस्थापन तथा प्रचार प्रसार लगायत सरकोकारवालाहरुसंगको बैठक राख्ने कार्य भक्तपुर नगरपालिकाले गर्नेछ ।

२. जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुरलगायत सुरक्षा निकायलाई दिने निर्णय ग¥यो ।

३. विस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै शुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान भक्तपुरलाई जिम्मा दिने निर्णय ग¥यो ।

४. विस्का जात्रासंग सम्बन्धित पूजाआजा र आवश्यक तयारीको लागि भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय ग¥यो ।

५. विस्का जात्रा संचालन हुने नगरका सम्पूर्ण क्षेत्रहरुमा रहेको तार, केबुल र फाइबर नेटका केबुलहरु व्यवस्थित गर्न सम्बन्धित सेवा प्रदायकहरुलाई जिम्मेवारी दिने र आवश्यक पत्राचार नगरपालिकाले गर्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.