भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

बुढीगङ्गाको निर्वाचनका लागि ९५ जना कर्मचारी खटाइए

बुढीगङ्गाको निर्वाचनका लागि ९५ जना कर्मचारी खटाइए

बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिकाको असार २३ गते हुने पुनः मतदानका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो ।जेठमा बसेको सर्वदलीय बैठकमा असार २३ गते गर्ने राजनीतिक दलको सहमतिपछि बुढीगङ्गामा पुन निर्वाचन हुन लागेको हो । पुनः निर्वाचनका लागि १९ जना मतदान अधिकृत र १९ जना सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी ९५ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताउनुभयो ।

निर्वाचनका लागि खटाइएका १९ मतदान अधिकृतमध्ये एक जना महिला मतदान अधिकृत खटाइएको छ । जिल्ला अस्पताल बाजुरामा कार्यरत धनकला थापालाई बुढीगङ्गा नगरपालिका–१ धुरालसैन मतदान केन्द्र ‘क’ मा मतदान अधिकृतका रूपमा खटाइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणपछि उहाँलाई मतदान केन्द्रमा पठाइएको हो ।

बुढीगङ्गाका वडा नम्बर २, ३, ५ र ९ वडामा नेकपा ९एमाले०का नेता तथा कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाउँदै नेपाली कांग्रेसले पुनः मतदान गर्न माग गर्दै आएको थियो । एमालेले भने कुनै पनि वडामा बुथ कब्जा नभएको र स्वतन्त्ररूपमा मतदान भएको भन्दै पुनरावेदन र सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।पुनः निर्वाचन हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ । १९ वटै मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.