भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बेलायत तयार भयो युक्रेनलाई सहयोग गर्न, युक्रममा थप संकट पैदा हुने

बेलायत तयार भयो युक्रेनलाई सहयोग गर्न, युक्रममा थप संकट पैदा हुने

लन्डन । युक्रेनलाई सहयोग गर्न बेलायत तयार भएको छ । लामो समयदेखि चलिरहेको रुस–युक्रेन युद्ध अन्त्यको कुनै सङ्केत नदेखिएपछि बेलायती सरकारले युक्रेनलाई ५ करोड पाउन्ड सहायता उपलब्ध गराउने जनाएको हो । उसले उक्त सहायता उपकरण मर्मत गर्न र सैन्य पुनर्वास केन्द्र स्थापना गर्न उपलब्ध गराउने जनाएको छ।

संयुक्त घोषणामा सबै जी ७ सदस्यहरूले हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । उक्त घोषणासँगै आगामी वर्षहरूमा युक्रेनलाई युद्ध अन्त्य गर्न सहयोगी राष्ट्रहरूले कसरी समर्थन गर्ने भनेर रूपरेखा तय गर्ने जनाएको छ । यस विषयमा नाटो सम्मेलनमा थप छलफल गरिनेछ, बेलायत र जी ७ सदस्यहरूले हजारौँ थप राउन्ड च्यालेन्जर २ गोला बारुद र ७० भन्दा बढी रसद वाहनहरू प्रदान गर्नेछन्।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने,नेटो सदस्यताको मार्गमा युक्रेनको प्रगति, औपचारिक, बहुपक्षीय र द्विपक्षीय सम्झौताहरू र नाटो सदस्यहरूको अत्यधिक समर्थनले राष्ट्रपति पुटिनलाई बलियो सङ्केत दिनेछ र युरोपमा शान्ति फिर्ता ल्याउनेछ। यी कार्यक्रमहरू युक्रेनका लागि नाटोको व्यापक सहायता प्याकेज मार्फत जानेछन् र गठबन्धनका पुनर्स्थापना विशेषज्ञहरूले समर्थन गर्नेछन्, बेलायती सरकारले एक विज्ञप्तिमा भनेको छ ।

 


Thali Mobile Pvt.Ltd.