भक्तपुर । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीको घरघरको धारामा खसेको छ । मेलम्चीको पानी वितरण सुरु गरेको हो । हाललाई कटुञ्जेस्थित खानेपानी ट्याड्ढकीबाट भक्तपुर नपा वडा नं. १, २, ३, ४ र ५ वडामा वितरण सुरु गरिएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा मेलम्ची पानीको साँचो खोली भक्तपुरबासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…
सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएका थिए । भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएसँगै स्थानीयबासी खुशी भएका छन् ।
सोही क्रममा केयुकेएल भक्तपुरका सुरेन्द्रहिमालय श्रेष्ठले भक्तपुरबासीलाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित भएको बताए । भक्तपुरमा अब खानेपानीको समस्या सहज हुने बताए । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयले मेलम्चीको पानी पिउँन पाएकोमा नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यवाद दिए ।
तस्वीरमा…

