भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

भक्तपुर नपाको एघारौं नगरसभाबाट बजेट रकमान्तरण प्रस्ताव सर्वसम्मतिले पारित

भक्तपुर नपाको एघारौं नगरसभाबाट बजेट रकमान्तरण प्रस्ताव सर्वसम्मतिले पारित

भक्तपुर । भक्तपुर नपाको जारी एघारौं नगरसभाबाट बजेट रकमान्तरण प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।  मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख एवम् नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सभाको बैठकले बजेट रकमान्तरण प्रस्ताव पारित गरेको हो । नगर सभाको बैठकले आ.व. २०७८।७९ को बजेटको पुँजीगततर्फ विभिन्न ६ वटा शीर्षकमा रु १ करोड २५ लाख र चालुतर्फ विभिन्न ४ वटा शीर्षकमा रु ३५ लाख रकमान्तरण गरेको हो ।

भक्तपुर नपाबाट गठित खानेपानी समितिका संयोजक महेन्द्र खायमली, युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, कृषि समिति र बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोरा, महिला, बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैंयाँ सुवाल, सूचीकरण समितिका सदस्य हरिराम सुवाल र निर्माण समितिका संयोजक उकेश कवांले सम्बन्धित समितिहरुको अर्ध वार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । सभाको अर्को बैठक फागुन ५ गते बस्ने भनपाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.