काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिग्रेड ब्वाइज र च्यासल युथ क्लब बराबरीमा सकिएका छन् । दशरथ रङ्गशालामा मङ्गलवार भएका दुवै खेलमा बिग्रेड ब्वाइज र च्यासल युथ क्लबले गोलरहित बराबरी खेलेका हुन । । दुवै रेलिगेशन जोनमा छन् ।
बराबरीसँगै ब्रिगेड ब्वाइजको ११ खेलमा सात अङ्क भएको छ भने च्यासलको ६ अङ्क छ । मंगलबारै भएको अर्को खेलमा जावलाखेल र फ्रेन्ड्स क्लबको खेल पनि रोमाञ्चक बराबरीमा रोकिएको छ । जावलाखेलसँग फ्रेन्ड्सले तीन–शून्य को अग्रता पनि उल्टाउन सफल भएको थियो ।
