भक्तपुर । भक्तपुर र काभ्रेको सीमाना रानीकोटमा अनौठो गुफा फेला परेको छ । विगत लामो समयदेखि वनभाँक्रीले पुजा गर्ने ठाउँको रुपमा परिचित काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं १ रयालेमा पर्ने ठाउँमा गुफा फेला परेको हो । गुफा पर्यटकीय रुमा मात्रै नभई ऐतिहासिक रुपमा पनि महत्वपूर्ण रहेको छ । विगतामा यस गुफाको भित्रि भागबाट मानिसहरु बाहिर निस्कीने गरेको अनुभव समेत रहेको स्थानीयले जानकारी दिएका छन् । रानीकोटमा अवस्थित भिलेज हाइल्याण्ड रिसोर्टको नजिकै यो गुफा रहेको पर्यटन व्यवसायी रामसुन्दर बकेले जानकारी दिए । दुई हजार मिटरको उचाइमा रहेको रानीकोटको सुन्दरता भित्रै रहेको यो गुफा पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ ।

भिडियो यँहा छ……..
