भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुरमा घरभित्र सपरिवारको शव भेटियो, हत्या आशंकामा प्रहरीले थाल्यो अनुसन्धान

भक्तपुरमा घरभित्र सपरिवारको शव भेटियो, हत्या आशंकामा प्रहरीले थाल्यो अनुसन्धान

भक्तपुर । एउटै घरमा तीन जनाको शव भेटिएको छ । श्रीमान, श्रीमती र छोरासहित एक कुकुरको समेत हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।

शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव मृत फेला परेका हो । साथै एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए । निकोसेरामा तीन जनाको शव गन्हाएको अवस्थामा भेटिएको हो ।

केही दिन पहिले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले सीआईबी अपराध महाशाखाको टोली र भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनास्थलमा जेदेखियो…(तस्बीरमा)

hattya4

 


Thali Mobile Pvt.Ltd.