भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

भगवान विश्वकर्मा को हुन् ?

भगवान विश्वकर्मा को हुन् ?

काठमाडौं । ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुटछुट्टै जिम्मेवारी भगवान महादेवले दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे ।

भगवान विश्वकर्माको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ । अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् । सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ, उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।

पूजाको महत्व ?
प्रत्येक वर्ष असोज १ गतेका दिन विश्वकर्मा पूजा गरिन्छ । यो वर्ष १८ सप्टेम्बरमा विश्वकर्मा पूजा परेको छ । यो वर्ष आश्विन संक्रान्तिका दिन भगवान विश्वकर्माको जन्म सृष्टिकर्ता ब्रम्हाका सातौं पुत्रका रुपमा भएको हुनाले यस दिन विश्वकर्मा जयन्ती मनाइन्छ । विश्वकर्मा बाबा देवताका शिल्पीकार, वास्तुकार, प्रथम इन्जिनियर र मेशिनका देवताको रुपमा चिनिन्छन् ।

आधुनिक युगमा पनि मानव सभ्यताको विकासको लागि विश्वकर्माको महत्वपूर्ण स्थान भएकोले गर्दा विश्वकर्माको पूजा गरिन्छ ।
विश्वकर्मा पूजाको महत्व के हो रु विश्वकर्मा पूजा घरमा भन्दा अफिस, कलकारखानामा विशेष रुपले गरिन्छ । निर्माण, इन्जिनियरको कामसँग सम्बन्धित ठाँउमा उत्साहका साथ यो पर्व मनाइन्छ ।

कारखानामा विश्वकर्मा पूजाका दिन सुख संमृद्धिको कामनासहित गाडी, मेशिन, औजार, हातहतियारका सफाइ गरेर फूल, अविर, केशरी, धुपबत्ती, मिठाइ चढाएर पूजा गरिन्छ । यस दिन विश्वकर्मा बाबाको सम्मान स्वरुप औजार मेशिनहरुलाई विश्राम पनि गराइन्छ । यसरी पूजा गर्नाले व्यापारमा वृद्धि साथै धनधान्य हुने मान्यता छ । यो दिन घरमा पनि गाडी, कम्प्युटर, ल्यापटप, विभिन्न घरेलु औजार, हतियारको पूजा गरिन्छ । त्यस्तै विश्वकर्मा मन्दिरमा विशेष पूजा आरती हुन्छ ।

महाभारतमा भनिएको छ

विश्वकर्मा भनेको कला र सीपका भगवान, हजारौहजार हस्तकला, काष्ठकला पहिरणका गरगहनाका निर्माता हुन्, जो कहिले मर्दैनन् । विश्वकर्मा ब्राम्हाका एकरुप हुन्, जसले स्वर्णमुकुट लगाएका, गहनैगहना लगाएका हुन्छन् । उनका ५ स्वरुप हुन्छन्, ४ हात हुन्छन् । एउटा हातमा पानीको भाडा, अर्कोमा पुस्तक, अर्कोमा डोरी र एकहातमा निर्माणका औजारहरु लिएका हुन्छन् । ५ स्वरुपले मनु, मय, त्स्वष्ता, सिल्पी र देवज्ञ नामले चिनिन्छ । देवज्ञलाई विश्वजना पनि भनेर बुझिन्छ । यी रुपहरुलाई विश्वकर्माको गोत्रकारुपमा पनि हेरिन्छ ।

यसैगरी केही हिन्दी साहित्यले विश्वकर्मा भनेका ब्राम्हाले श्रृजना गरेका वात्सोपति हुन्, जसलाई पछि वृहस्पती ऋषी पनि भनिन्छ, जो सौर्यका एक अंश हुन् र देवताहरुका गुरु पनि हुन् । विश्वकर्माले सवैभन्दा पहिले सत्ययुगमा देवताहरु बस्नका लागि स्वर्गको निर्माण गरे । ते्रतायुगमा कुवेरको आग्रहमा लंकाको निर्माण गरे । द्धापर युगमा द्धारिकाको निर्माण गरे । कलियुगमा हस्तिानापुर र इन्द्रप्रस्तको निर्माण गरे । साथै उनले भगवान शिवको आग्रहमा कैलाश पर्वतको निर्माण पनि गरेका हुन् भनिन्छ ।

 


Thali Mobile Pvt.Ltd.