भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

भद्रकालीको रथ तानेर आठ रात नौ दिन मनाइने बिस्काः जात्रा आज सुरु हुँदै

भद्रकालीको रथ तानेर आठ रात नौ दिन मनाइने बिस्काः जात्रा आज सुरु हुँदै

भक्तपुर । आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा भक्तपुरमा सोमबारबाट सुरु हुँदैछ । भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सोमबार साँझ जात्राको सुरूवात गरिन्छ ।

लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ । काठमाडौं उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्काः जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ ।

जात्रामा भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । बिस्कोः जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य सुरूको दिन टौमढीमा रथ तान्ने, चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहित लिङ्गो ठड्याउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते टौमढीमा भैरवको रथलाई तानेर मनाउने गरिन्छ ।

बिस्काः जात्राको क्रममा हुनसक्ने सम्भावित घटना तथा झडपलाई लक्षित गरी यस वर्ष सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन रहेको छ । वैशाख ५ गते पनि भैरवनाथको रथ तानेर समापन गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.