भारत जान खाेज्दा सांसद सरिता गिरीलाई प्रहरीले सीमानाकाबाट फर्कायो

भारत जान खाेज्दा सांसद सरिता गिरीलाई प्रहरीले सीमानाकाबाट फर्कायो

२ असार २०७७ सिराहा । भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सुरक्षाकर्मीले नेपाल भारत सीमानाकाबाट फर्काइदिएका छन् ।

सिराहाको ठाडी नाकाबाट भारतको बिहारतर्फ जान लागेकी भन्दै सुरक्षाकर्मीले फर्काइदिएका हुन । संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी सिराहामा पुगेकी थिइन् ।

गिरी कार्यकर्ता भेट्न भन्दै सीमा क्षेत्रमा पुगेको र त्यतैबाट पारि नगई फर्किएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे छ । बोर्डर बन्द भएका बेला सिमानामा पुगेकी गिरीलाइ फिर्ता पठाएकाे सीमामा खटिएका सशस्त्र प्रहरीका एक अधिकृत बताए ।

माननीयज्यू को माइती बिहार भएकाले पनि जानलागेकाे बताएकी थिइन । जिद्दि गरेर सीमाका सुरक्षाकर्मीसंग जाने अनुमति माग्दा उनिहरूले यस्ताे बेला जान नपाइने भनेपछि गिरी सिरहाको बस्तिपुरतीर लागिन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.