भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

भारतमा अमेरिकी र रूसी विदेशमन्त्रीको भेट

भारतमा अमेरिकी र रूसी विदेशमन्त्रीको भेट

एजेन्सी । रुसी विदेशमन्त्री सर्गेइ लाभारोभ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन बीच नयाँ दिल्लीमा भेट भएको छ । दिल्ली आएका दुई विदेशमन्त्रीबीच बैठकको उद्घाटन समारोहपछि साइडलाइमा भेट भएको हो ।

जी–२० राष्ट्रका विदेशमन्त्रीहरुको बैठकमा भाग लिन दिल्ली आएका वेला ब्लिंकेन र लाभारोभबीच १० मिनेट कुराकानी भएको हो । ब्लिंकेनसँगको भेटलाई रुसले भने अकस्मात हिंड्दा हिड्दैको भेट भन्दै नजर अन्दाज गरेको छ । भेटपछि अमेकिरी विदेशमन्त्री ब्लिंकेनले रुसी समकक्षी लाभारोभलाई युक्रेन युद्ध तत्काल अन्त्य गर्न आग्रह गरे ।

लाभारोभले कुनै जवाफ नदिएको बताइएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछिको १ वर्षको अवधिमा अमेरिकी विदेशमन्त्री र रुसी विदेशमन्त्रीबीच पहिलो पटक भेट भएको हो ।

 


Thali Mobile Pvt.Ltd.