भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भारतीयको कुटपिटबाट नेपाली युवकको मृत्यु

भारतीयको कुटपिटबाट नेपाली युवकको मृत्यु

भैरहवा । सीमावर्ती भारतीय गाउँमा नेपाली युवा मृत भेटिएका छन् । रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव मृत फेला परेका हुन् ।

हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा यादवको शव भेटिएको हो । अतिविपन्न अवस्थाका यादव घर नजिकैको सीमा क्षेत्रमा आउजाउ गरिरहने स्थानीयवासीले बताए ।

यसै क्रममा उनी बुधबार बिहान भारत महाराजगञ्ज जिल्लाको भगवानपुर बजार पुगेका थिए ।

त्यहाँ एक जनाको घरमा पसेपछि भारतीयले यादवको हात बाँधेर कुटपिट गरेको बुझिएको रोहिणी गाउँपालिका–७ का राजन यादवले बताए ।

मृतक यादवको शव भारतीय प्रहरीले परीक्षण गरेको छ । घटना जानकारीमा आएको र यसबारे अनुसन्धान भइरहेको रूपन्देही प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.