भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

परराष्ट्र मन्त्री बंगलादेश जाँदै

परराष्ट्र मन्त्री बंगलादेश जाँदै

काठमाडौं । ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज परराष्ट्रमन्त्री एनपी साउद बंगलादेश जाँदै छन् ।

हिजो मात्र बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउद उक्त सम्मेलनमा भाग लिनका लागि बिहीबार बंगलादेशको राजधानी ढाका जान लागेका हुन् ।

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मुल कार्यपत्रमा छलफल गर्नका लागि सम्मेलन आयोजना गरिएको हो ।

भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन भने सम्मेलन शनिबारसम्म जारी रहनेछ ।

चाल्र्स तृतियाको राज्यभिषेक समारोहमा सहभागी हुनका लागि गत साता मात्रै उनी बेलायत गएका थिए ।

 


Thali Mobile Pvt.Ltd.