भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भारी मतान्तरका साथ काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल विजयी

भारी मतान्तरका साथ काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।

काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् ।

अब २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक पुगेका छन् । साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका छन् ।

उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई राखेकी छिन् भने एमालेका उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.