भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

दाङको ‘भालुवाङ’ प्रदेश ५ को स्थायी राजधानी बन्ने

दाङको ‘भालुवाङ’ प्रदेश ५ को स्थायी राजधानी बन्ने

काठमाडौं । गुमनामजस्तै बनेको दाङको भालुवाङलाई प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय नेकपाले गरेको छ । एकाएक राष्ट्रिय राजनीतिको चर्चामा आएपछि भालुवाङबासी खुसी भएका छन् ।स्थायी राजधानीका लागि धेरै पहिले दाङवासीले आन्दोलनमा उत्रिएका थिए । तर देउवा सरकारले बुटवललाइ अस्थायी राजधानी बनाएकाे थियाे ।

मुख्यमन्त्री शंकर पोखरेलले पद संग साटेकाे पनि चर्चा नभएकाे हाेइन । ‘भर्जिन ल्याण्ड’मा राजधानी बन्ने संकेत पहिले नै पाएका दाङबासीकाे भर्जिन ल्याण्ड दाङको राप्ती गाउँपालिकामा पर्ने भालुवाङबजारसहित पूर्वको अर्घाखाँचीको शीतगंगा नगरपालिका र उत्तरको प्युठानको केही भूभागलाई समेट्ने संकेत गरिएकाे छ ।

३१ बिघा भन्दा धेरै जग्गामा फैलिएको भालुवाङ बजारमा एक हजार एक सय बढी घरहरु बनेकाे राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीकाे भनाइ छ । भालुवाङवासी वर्षौंदेखि भोगचलन गर्दै आएकाले लालपूर्जा दिनुपर्ने माग गर्दै सिंहदरबार धाउने गरेका छन् । भले अइलानी जग्गा भएपनि राजधानी बन्ने लगभग पक्का भएकाे छ ।sifaris

 

 


Thali Mobile Pvt.Ltd.