भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

भिटो प्रयोग गरेपछि तत्काल युद्धविरामका लागि दबाब दिने गरी गरिएको प्रस्ताव फेल

भिटो प्रयोग गरेपछि तत्काल युद्धविरामका लागि दबाब दिने गरी गरिएको प्रस्ताव फेल

एजेन्सी । गाजामा तत्काल युद्धविराम गर्ने संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा पेश भएको प्रस्तावविरुद्ध अमेरिकाले भिटो प्रयोग गरेको छ। अमेरिकी प्रतिनिधिले सुरक्षा परिषद बैठकमा गरिएको प्रस्तावमा हमासले ७ अक्टोबरमा इजरायलमा गरेको आक्रमणको निन्दा नगरिएको आरोप लगाएका छन् ।

साथै ‘बिना शर्त युद्धविराम’को प्रस्ताव नै अनुचित रहेको अमेरिकाको जिकिर छ। युद्धविरामको प्रस्तावमा भिटो प्रयोग गरेपछि अमेरिकी अधिकारीले गाजामा युद्धविरामका लागि अमेरिकाले गरिरहेको प्रस्तावलाई नजरअन्दाज गरिएको र अपरिपक्व ढंगले प्रस्ताव आएको आरोप लगाएका छन्।

यो प्रस्तावविरुद्ध अमेरिका एक्लैले विपक्षमा मतदान गर्दा अर्को स्थायी सदस्य बेलायत अनुपस्थित थियो। फ्रान्सले भने पक्षमा मतदान गरेको छ। अमेरिकाले भिटो प्रयोग गरेपछि तत्काल युद्धविरामका लागि दबाब दिने गरी गरिएको प्रस्ताव फेल भएको छ। अमेरिकाले युद्धविराम प्रक्रियाको प्रस्तावलाई हतारको प्रस्ताव भन्दै उचित सल्लाह गरेर अघि बढ्नुपर्ने बताएको बीबीसीले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.