भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ५३ नाघ्यो

भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ५३ नाघ्यो

वासिंगटन । अमेरिकाको हवाईस्थित माउईको जंगलमा भीषण आगलागी भएको छ । आगलागी कत्तिको तीव्र छ, त्यसबाटै अनुमान गर्न सकिन्छ कि लहैना सहरमा मानिसलाई उद्धार गर्ने क्रममा आगोमा परेर हालसम्म ५३ जनाको ज्यान गएको छ ।

दमकलले आगो नियन्त्रणको लागि निरन्तर प्रयास गरिरहेको छ । हालै हवाई, माउईमा अवस्थित लहाइना, पुलेहु र अपकन्ट्रीमा नयाँ आगलागीहरू भइरहेका छन्। मानिसहरु आफ्नो ज्यान जोगाउन समुद्रमा हाम फाल्न बाध्य छन् ।

यति मात्र होइन, आगलागीबाट टापुका ऐतिहासिक सहरको ठूलो हिस्सा जलेर नष्ट भएको छ । जंगलमा लागेको डढेलोले लाहैना सहरका पर्यटकीय स्थलमा ठूलो क्षति पुगेको छ ।

अमेरिकी मौसम विभागका अनुसार, चक्रवात डोरा हवाईको यस जंगलको आगोको तीव्र प्रकोपको लागि पनि जिम्मेवार छ, जसको तेज हावाले आगो धेरै छिटो फैलाएको छ । माउई काउन्टीले शुक्रबार जानकारी दिएको छ कि अग्नि नियन्त्रकहरूले मानिसहरूलाई उद्धार गर्न र आगो नियन्त्रणमा ल्याउन प्रयास जारी राखेका छन् ।

लहैनामा लागेको आगलागी यति भीषण भएको छ कि मानिसलाई बचाउन मुस्किल परेको छ, थप १७ जनाको ज्यान गएको छ । जसका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.