भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

मदन भण्डारीको जन्मदिवसमा प्रधानमन्त्रीले गरे अनौठो खुलासा

मदन भण्डारीको जन्मदिवसमा प्रधानमन्त्रीले गरे अनौठो खुलासा

१४ असार २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनौठो खुलासा गरेका छन् । लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको खुलासा गरेका हुन ।

आज मदन भण्डारीको ६९ औं जन्मोत्सवका अवसरमा बालुवाटार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ भनेर भारतीय मिडिया कुर्लिरहेको बताए । भारतको राज्य संयन्त्र सक्रियतापूर्वक लागिरहेको भन्दै ओलीले भारतको सपना पुरा नहुने दावी गरे ।

अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा भारत आफूलाई हटाउन विभिन्न हत्कण्डा अपनाउन खोजिएको जिकिर गरे । नेपालको नक्सा छापेबापत प्रधानमन्त्रीलाई हटाउने भारतको चाल पूरा नहुने भन्दै ओलीले नेपालको रााष्ट्रियता कमजोर नभएको र नेपालले आफ्नो जमिन फिर्ता ल्याएरै छाड्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.