भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

मधेसमा रोजगारीको व्यवस्था आवश्यकः अध्यक्ष ठाकुर

मधेसमा रोजगारीको व्यवस्था आवश्यकः अध्यक्ष ठाकुर

राजविराज, । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताए ।  सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसमा अधिकाँश युवा वेरोजगार रहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उहाँले मधेस आन्दोलका बेला लगाइएको मुद्दा खारेज हुनुपर्ने माग गर्दै नागरिकता सम्बन्धी विधेयक पारित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले जनआनदोलन र मधेस आन्दोलनका बेला राखिएका माग पूरा गनुपर्ने स्मरण गराए । “जनसङ्ख्याको आधारमा स्थानीय तहको पुनःसंरचना हुनुपर्छ”, अध्यक्ष ठाकुरले भन्नुभयो । सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले विगतमा उठाइएका मधेस अधिकार र पहिचानसहितका माग पूरा हुन नसकेको बताए । विचारको आधारमा पार्टी गठन भएको भन्दै उहाँले केही पार्टी स्वार्थमा लागेका कारण मधेसी जनताको माग पूरा हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.