भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

भरतपुर अस्पतालमा बिहान ८ः३० बजेबाट बहिरङग सेवा

भरतपुर अस्पतालमा बिहान ८ः३० बजेबाट बहिरङग सेवा

चितवन । भरतपुर अस्पतालमा बिरामीको चापबढेसँगै बहिरङ्ग सेवाको समय बढाएको छ । अस्पतालले आजैदेखि सेवा समय बढाएको हो ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ बजेदेखि टिकट खुल्ला हुनेछ भने ८ः३० बजेबाट परीक्षण सुरु गरिने छ । बिरामीले टिकट काटिसकेपछि लामो समयसम्म कुर्न नपरोस् भनेर तीन छुुट्टा–छुट्टै कक्षबाट यो सेवा सुरु गरिएको छ । यसअघि सञ्चालित बहिरग सेवा बिहान ९ बजेबाट नियमित नै सञ्चालन गरिने र यो सेवा सुरु गरेसँगै अस्पतालमा लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य हुने उहाँको भनाइ थियो ।

यो सेवामा मेडिकल जनरलिष्ट र मेडिकल अफिसरले बिरामीको परीक्षण गर्ने छन् । आवश्यकतानुसार थप परीक्षण गर्नुपर्ने भए विशेषज्ञकहाँ पठाउने व्यवस्था गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए । टिकट काट्न र ओपिडीमा परीक्षण गर्न लामो समय पर्खनुपर्ने गुनासो आएकाले अस्पतालले सेवा विस्तार गरेको हो । अस्पतालले छिट्टै अनलाइनबाट बहिरङ्ग सेवाको टिकट काट्ने व्यवस्था गर्ने जनाइएको छ । कोरोनाको सङ्क्रमण घटेसँगै अन्य बिरामीको चाप बढ्दै गएको छ । सरकारी यस अस्पतालमा चितवनसहित छिमेकी १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । प्रसूति सेवाका लागि काठमाडौँको प्रसूतिगृह पछि सबैभन्दा धेरै प्रसूति सेवा दिनेमा यही अस्पताल पर्दछ ।

 


Thali Mobile Pvt.Ltd.