भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भरतपुर अस्पतालमा बिहान ८ः३० बजेबाट बहिरङग सेवा

भरतपुर अस्पतालमा बिहान ८ः३० बजेबाट बहिरङग सेवा

चितवन । भरतपुर अस्पतालमा बिरामीको चापबढेसँगै बहिरङ्ग सेवाको समय बढाएको छ । अस्पतालले आजैदेखि सेवा समय बढाएको हो ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ बजेदेखि टिकट खुल्ला हुनेछ भने ८ः३० बजेबाट परीक्षण सुरु गरिने छ । बिरामीले टिकट काटिसकेपछि लामो समयसम्म कुर्न नपरोस् भनेर तीन छुुट्टा–छुट्टै कक्षबाट यो सेवा सुरु गरिएको छ । यसअघि सञ्चालित बहिरग सेवा बिहान ९ बजेबाट नियमित नै सञ्चालन गरिने र यो सेवा सुरु गरेसँगै अस्पतालमा लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य हुने उहाँको भनाइ थियो ।

यो सेवामा मेडिकल जनरलिष्ट र मेडिकल अफिसरले बिरामीको परीक्षण गर्ने छन् । आवश्यकतानुसार थप परीक्षण गर्नुपर्ने भए विशेषज्ञकहाँ पठाउने व्यवस्था गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए । टिकट काट्न र ओपिडीमा परीक्षण गर्न लामो समय पर्खनुपर्ने गुनासो आएकाले अस्पतालले सेवा विस्तार गरेको हो । अस्पतालले छिट्टै अनलाइनबाट बहिरङ्ग सेवाको टिकट काट्ने व्यवस्था गर्ने जनाइएको छ । कोरोनाको सङ्क्रमण घटेसँगै अन्य बिरामीको चाप बढ्दै गएको छ । सरकारी यस अस्पतालमा चितवनसहित छिमेकी १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । प्रसूति सेवाका लागि काठमाडौँको प्रसूतिगृह पछि सबैभन्दा धेरै प्रसूति सेवा दिनेमा यही अस्पताल पर्दछ ।

 


Thali Mobile Pvt.Ltd.