भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा. नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट मुसोममा मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन् ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको बताउनुभयो । उहाँका अनुसार मुसोममा अन्तक्र्रिया भइरहेका बेलामा ढुङ्गामुढा गर्नुका साथै निवासमा पार्किङ गरी राखिएको अवस्थामा साँझ बञ्चरो प्रहार गरिएको हो । तोडफोडबाट गाडीको सिसा फुटेको बताइएको छ ।

उपकुलपति सिंह मुसोममा ‘उच्च शिक्षाका चुनौती र वर्तमान अवस्थामा विश्वविद्यालयमा देखिएका समस्याहरुको समाधानका उपाय’ विषयक अन्तक्र्रियाबाट फर्कने क्रममा प्रहरीसँगको झडपमा परी केही विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा मध्यपश्चिम विश्वविद्यालय अखिल क्रान्तिकारी का संयोजक टोपेन्द्र पौडेल, निवर्तमान स्ववियु सभापति झक्कबहादुर शाही, टीकाराम ढकाललगायत छन् ।

विश्वविद्यालयमा चार विद्यार्थी सङ्गठन अनलाइन माध्यमबाट परीक्षा सञ्चालन हुनुपर्ने, छात्रवृत्ति कोटा बढाउनुपर्ने, विश्वविद्यालयका पदाधिकारीद्वारा यसअघि सार्वजनिक अभिव्यक्तिमाथि छानबिन हुनुपर्ने, तत्काल स्ववियु निर्वाचनको मिति तोकिनुपर्नेलगायतका माग राखेर आन्दोलित छन् । केही दिनयता विद्यार्थी रिले अनशनमा छन् ।

विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै उपकुलपतिलाई लक्ष्य गरी गाडीमा बञ्चरो प्रहार गर्ने अराजक समूहलाई कारबाही गर्न माग गरेको छ । त्यस्तै विद्यार्थी सङ्गठनले आन्दोलनमा दमन गर्ने विश्वविद्यालय पदाधिकारीलाई कारबाहीको माग गरेका छन् । उनीहरुले बञ्चरो प्रहार नगरेको र उपकुलपतिले उल्टै शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्न अराजक समूह परिचालन गरेको आरोप लगाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.