हिमाञ्चल प्रदेश पहिरो जाँदा १० को मृत्यु 

हिमाञ्चल प्रदेश पहिरो जाँदा १० को मृत्यु 

भारत ।  भारतको हिमाञ्चल प्रदेशमा पहिरो जाँदा पुरिएका १० जनाको शव निकालिएको छ । हिमाञ्चल प्रदेशको किनौर जिल्लामा पहिरोले सडकमा गुडिरहेका बस ट्रक र अन्य साना गाडीहरु पुर्ििदा १० जनाको मृत्यु भएको हो । पहिरो जाँदा पुरिएका १४ जना घाइतेहरुको उद्धार गरिएको जनाइएको छ ।

पहिरो गइरहेकाले राहत र उद्धारमा समस्या भएको बताइएको छ ।पहिरोमा पुरिएक सवारी साधनहरु हरिद्धार जाँदै थिए । पहिरोमा अझ धेरै मानिसहरु पुरिएको आशंका स्थानीय प्रशासनले गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.