भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता

मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता

मोरंङ । प्रदेश नं १ सरकारअन्तर्गतको मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सीपमूलक तालिम तथा स्रोत केन्द्र सञ्चालनका लागि सोमबार यहाँ सम्झौता गरिएको छ । विश्वविद्यालयअन्तर्गतको विराटनगर महानगरपालिका–१४ स्थित विराट साइन्स क्याम्पसको भवनमा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न पाँच वर्षका लागि सम्झौता भएको छ । सामाजिक विकासमन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरे, बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, विश्वविद्यालयका प्रमुख सुवासश्री पोखरल, करुणा फाउण्डेशनका सहनिर्देशक योगेन्द्र गिरीलगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।

सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको सहकार्यमा अपाङ्गता पुनःस्थापनासम्बन्धी विभिन्न सीपमूलक तालिम र विश्वविद्यालयका सीपमूलक तालिम सञ्चालनका लागि आगामी २०८२ भदौ मसान्तसम्मका लागि सम्झौता गरिएको विश्वविद्यालयका प्रशासन प्रमुख मदन प्रधानले जानकारी दिनुभयो । सम्झौतामा विराट साइन्स क्याम्पसको भवनमा तालिम तथा स्रोत केन्द्र सञ्चालनका लागि आवश्यक मर्मतकार्यका लागि करुणा फाउण्डेशनले रु ५० लाख खर्च गर्ने भएको छ । विराट साइन्स क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई गत भदौ ४ गते हस्तान्तरण गरिएको थियो ।

विराट साइन्स क्याम्पसका अध्यक्ष भूराज राईले करिब रु ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो । सामाजिक विकासमन्त्री घिमिरेले मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न करिब एक वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीपमूलक तालिम तथा स्रोत केन्द्र सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालयअन्तर्गतका तालिम विराट साइन्स क्याम्पसको भवनबाट शुरु गरिने जानकारी दिनुभयो । रासस..

 


Thali Mobile Pvt.Ltd.