भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

महको आम्दानीले शिक्षकको तलब

महको आम्दानीले शिक्षकको तलब

म्याग्दी । मह सिकारबाट भएको आम्दानीले स्थानीय रितुङ माध्यमिक विद्यालयमा निजी स्रोतका शिक्षकलाई तलब खुवाउने गरिएको छ । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा वडाभित्रका गाउँबस्तीका स्थानीयवासीले आलोपालो गरी मह काढ्ने र वडा कार्यालयको संयोजनमा टोली विभाजन गरी मह बिक्री गरी आएको आम्दानीबाट विद्यालय सञ्चालनमा सहयोग गर्न थालिएको हो ।

सङ्कलन भएको महको बिक्रीबाट मह काढ्न परिचालन भएकाहरुलाई पारिश्रमिक छुट्याएर बचत हुन आउने रकम विद्यालमा निजी स्रोतबाट राखिएका शिक्षकहरूको तलब जुटाउन परिचालन गर्ने गरिएको वडाध्यक्ष गमान छन्त्यालले बताए ।

मह सिकारमा भिरमा चढेर मह काढ्ने भिरौटेलाई प्रतिदिनको रु तीन हजार ५००, भिरको टुप्पोमा बसेर मह सङ्कलनमा सघाउनेलाई रु दुई हजार र अन्य सहयोगीलाई रु एक हजार १०० का दरले पारिश्रमिक उपलब्ध गराउने गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.