महाधिवेशनमा पराजय भोगेका नेताहरु असक्षम होइनन्, पद्धतिबाट कोही छुटेका हुनः महामन्त्री शर्मा

महाधिवेशनमा पराजय भोगेका नेताहरु असक्षम होइनन्, पद्धतिबाट कोही छुटेका हुनः महामन्त्री शर्मा

काठमाडौं । आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने तागतमा नेताहरु रुपान्त्रण भएको महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

इलाम कांग्रेसले आयोजना गरेको कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले कांग्रेसमा रुपान्तरणको शुरुवात भइसकेकाले अब नेपालको पहिलो पार्टी हुने निश्चित भएको जिकिर गरे । कांग्रेस नेतृत्वमा युवाको आगमनले रुपान्तरण शुरु भएको उनको दावी छ ।

यसैबीच महाधिवेशनमा पराजय भोगेका नेताहरु असक्षम नभइ लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको महामन्त्री शर्माले बताए । पार्टी भित्र आन्तरिक लडाईं भएकाले हार र जित हुने निश्चित हो भन्दै आधुनिक कांग्रेस बन्नेमा कार्यकर्ता लागिपरेको शर्माको भनाइ छ ।

आधुनिक राजनैतिक परिवेशमा बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने ध्ययमा काँग्रेस नेता कार्यकर्ता उभिन जरुरी रहेको शर्माको सूझाव छ ।

 


Thali Mobile Pvt.Ltd.