भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ, । नेपाल सहकारी पत्रकार समाज सिजेएन को अध्यक्षमा पत्रकार काजी श्रेष्ठ चयन हुनुभएको छ । समाजको आज सम्पन्न ११औँ साधारण सभाले सहकारी खबर अनलाइनका सम्पादकसमेत रहनुभएका श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समाजको उपाध्यक्षमा अन्नपूर्ण पोष्ट दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सहसचिवमा गोरखापत्र दैनिकका भेषराज वेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका प्रयास श्रेष्ठलाई चयन गरिएको छ ।

यसैगरी, सदस्यहरुमा विकास न्युज डटकमका सन्तोष रोकाय र मेरो लगानी डटकमकी सुधा देवकोटालाई चयन गरिएको छ । बाँकी दुई सदस्य पदमा अध्यक्षले मनोनीत गर्ने प्रावधान छ ।

 


Thali Mobile Pvt.Ltd.