भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ, । नेपाल सहकारी पत्रकार समाज सिजेएन को अध्यक्षमा पत्रकार काजी श्रेष्ठ चयन हुनुभएको छ । समाजको आज सम्पन्न ११औँ साधारण सभाले सहकारी खबर अनलाइनका सम्पादकसमेत रहनुभएका श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समाजको उपाध्यक्षमा अन्नपूर्ण पोष्ट दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सहसचिवमा गोरखापत्र दैनिकका भेषराज वेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका प्रयास श्रेष्ठलाई चयन गरिएको छ ।

यसैगरी, सदस्यहरुमा विकास न्युज डटकमका सन्तोष रोकाय र मेरो लगानी डटकमकी सुधा देवकोटालाई चयन गरिएको छ । बाँकी दुई सदस्य पदमा अध्यक्षले मनोनीत गर्ने प्रावधान छ ।

 


Thali Mobile Pvt.Ltd.