भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

महानगरको कडा निर्देशन,विद्यालयमा स्वीकृति विना प्रवेश रोक

महानगरको कडा निर्देशन,विद्यालयमा स्वीकृति विना प्रवेश रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्रका सबै विद्यालयहरुलाई परिपत्र गरेको छ । महानगरपालिका भित्रका विद्यालयमा स्वीकृतिबिना कसैलाई पनि प्रवेश नगराउन महानगरपालिले मंगलबार परिपत्र गरेको हो । विद्यालयले काठमाडौं महानगरपालिका, शिक्षा विभागको पूर्वस्वीकृति बेगर कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन र कसैलाई आमन्त्रण गर्नैपर्ने भएमा विभागलाई पूर्वजानकारी गराएर मात्र प्रवेश गराउन निर्देशन दिइएको परिपत्रमा उल्लेख गरिएको छ ।

महानगरपालिकाको शिक्षा विभाग अनुसार विद्यालयहरुमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदिको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीहरुसँग जबरजस्ती आर्थिक सहयोग माग गर्ने, शिक्षक विद्यार्थीलई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरुलाई अवाञ्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप भइरहेको अभिभावक तथा विद्यालयको बारम्बार गुनासो आइरहेकोले पूर्व स्वीकृति बिना प्रवेश नगराउन परिपत्र गरिएको उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.