भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

महानगरपालिकाले खुलायो छात्रवृत्तिका लागि आवेदन

महानगरपालिकाले खुलायो छात्रवृत्तिका लागि आवेदन

काठमाडौं । कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षाको आवेदन खुलाएको छ । महानगरपालिकाले महानगरपालिका भित्र सञ्चालित विभिन्न कलेजहरुमा छात्रवृत्तिका लागि पठाउने गरी अनलाईन मार्फत आवेदन मागेको हो ।

आगामी साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म परीक्षा लिइने पनि महानगरले जनाएको छ । उक्त परीक्षामा उत्तीर्ण भएपछि मापदण्डभित्र पर्ने विद्यार्थीहरुलाई निजी कलेजहरुमा छात्रवृत्तिका लागि पठाइने छ ।

बिहीबारदेखि साउन १२ गते राति १२ बजेसम्म महानगरको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी मार्फत अनलाइन आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.