भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

महिला जनप्रतिनिधि र हेडसरलाइ हाेटलकाे काेठाबाट स्थानीयले पक्रेपछि…

महिला जनप्रतिनिधि र हेडसरलाइ हाेटलकाे काेठाबाट स्थानीयले पक्रेपछि…

१२ आषाढ २०७७ सिन्धुली । महिला वडा सदस्य र विद्यालयका प्रधानाध्यापकलाई होटेलको एक कोठामा सुतिरहेकै अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका छन् ।

फिक्कल गाउँपालिकाको वडा नम्बर १ कि महिला वडासदस्य र सोही वडाको प्राथमिक विद्यालयका प्रधानाध्यापक टीकाराम मगर खाङसाङलाई होटेलको कोठाबाट पक्राउ गरिएको हो। लामो समयदेखि उनीहरू बीच अनैतिकसम्बन्ध रहेको आरोप स्थानीयहरूले लगाएका छन् ।

दुबै जना विवाहित भए पनि अबैध सम्बन्ध राख्ने गरेको भन्दै स्थानीयहरूले वडा सदस्य र प्रधानाध्यापकलाई एकसाथ पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । महिला वडा सदस्य र प्रधानाध्यापक रातभरि सोही होटेलको एउटै कोठाभित्र सुतेको दुबैले स्वीकार गरेपनि अनैतिक सम्बन्ध नराखेको प्रहरीलाई बयान दिएका छन् ।

फिक्कल गाउँपालिकाको गाउँसभामा सहभागी हुन महिला वडा सदस्य र विद्यालयका प्रधानाध्यापक मगर खाङसाङ आएका थिए ।

 


Thali Mobile Pvt.Ltd.