महिला दिवसमा किशोरी र महिलालाई ‘साइकल

महिला दिवसमा किशोरी र महिलालाई ‘साइकल

लुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले १११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज ५४ किशोरी र महिलालाई साइकल वितरण गरेको छ । कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने किशोरी तथा आयमूलक कार्यमा सहभागीलाई उपमहानगरले साइकल प्रदान गरेको हो । किशोरीहरुको सशक्तीकरण र शिक्षामा पहुँच वृद्धि गर्नाका साथै उद्यमशील महिलाहरुलाई सहयोग पु¥याउने उद्देश्यले साइकल प्रदान गरिएको उपमहानगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उहाँका अनुसार उपमहानगरका १९ वडाका सामुदायिक विद्यालयका पाँच हजारभन्दा बढी किशोरीहरु पैदलयात्री रहेका छन् ।

तीमध्ये एक हजार ६०० पैदलयात्री किशोरीलाई साइकल प्रदान गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । पहिलो चरणमा ५४ थान साइकल प्रदान गरिएको भन्दै अबको केही समयमा थप २५ किशोरी तथा महिलालाई साइकल प्रदान गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । तुलसीपुर नगरलाई स्वच्छ, वातावरणमैत्री र नमूना शहरका रूपमा विकास गर्नका लागि यस्ता कार्यक्रमलाई अघि बढाउने उहाँको भनाइ थियो । उहाँले महिलाको अर्थपूर्ण सहभागिता, पहिचान र स्वीकार्यतासहितको नमूना नगर बनाउने उद्देश्य रहेकोसमेत बताउनुभयो ।

साइकल चालकको मापन गर्ने एप

उपमहानगरपालिकाले साइकल चालकको माइलेज मापन गर्ने मोबाइल एप्सको समेत उद्घाटन गरेको छ । त्यस्तै स्मार्ट छोरीको खातामा जम्मा भएको रकमको चेक पनि हस्तान्तरण गरेको छ । मेगा बैंकमा छ र सिभिल बैंकमा १६ वटा स्मार्ट छोरीको खाता रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.