२८ असार २०७७ काठमाडौं । सेक्स प्राकृतिक कुरा भएकाले हरेक प्राणीले आफ्नो किसिमले कुनै न कुनै तरिकाले त्यसको आनन्द लिइरहेका हुन्छन् । यसको सम्बन्ध प्रजननसँग जोडेर हेरिन्छ । यौन मानिसको आधारभूत आवश्यकताको रुपमा पनि लिइएको छ । मानिस सचेछ प्राणी भएकोले जतिबेला मन लाग्यो त्यतिबेला यौन सम्पर्क गर्दैन ।
पुरुषको तुलनामा महिलाहरु कम उत्तेजित हुने गर्दछन् । महिलाहरुको सेक्समा रुची कुनै कुनै बेला अत्याधिक हुन्छ भने कुनै बेला कम रुची र इच्छा हुन्छ । महिलाको तुलनामा पुरुष भने प्राय जतिबेला पनि उत्तेजित हुन सक्छ । जबसम्म तीव्र इच्छावेगर यौनसम्बन्ध हुन्छ त्यो यौन सम्बन्ध आनन्ददायी कम र पीडादायी ज्यादा हुन्छ । महिला बढी उत्तेजित हुने समयमा पुरुषले सेक्सको प्रस्ताव गरे सहजै स्वीकार गर्ने गर्दछन् । तर अन्य समयमा राखेको प्रस्तावमा महिला सहमत कदापी हुँदैनन् ।
कसरी बनाउने यौन जीवन सुखद ?
विज्ञहरुका अनुसार यौन जीवनलाई सुखद बनाउन पहिला एकअर्काको भावना, र चाहनालाई राम्रोसँग बुझ्नुपर्छ । गर्भधारणको चाहना भएका तर बच्चा नभएर तनावमा परेकाहरुका मानिसका लागि खुसीको खवर के छ भने । हालै गरिएको एक अध्यनले महिलाको मुड अनुसार उनीहरुको प्रजनन क्षमता हुने देखाएको छ । शोधकर्ताका अनुसार महिलाको मुड र उनीहरुको प्रजनन क्षमताबीच प्रत्यक्ष सम्बन्ध हुन्छ ।
महिलाहरुको मुड अनुसार नै उनीहरु गर्भवती हुने कि नहुने भन्ने कुरा निर्धारण हुने हुन्छ । महिलाको मुड पनि शरीरमा हुने हर्मोनको परिवर्तनसँग सम्बन्धित रहेको छ । महिनावारीको चक्रमा ओभ्युलेसन अवधिमा महिलाहरु सबै भन्दा रोमान्टिक हुने खोज तथा अध्ययनले निष्कर्ष निकालेको छ । महिलाहरुको सेक्स हर्मोन यहिबेला बढ्छ र उनीहरु पुरुषप्रति आकर्षित हुन्छन् ।
शोधका अनुसार उत्पादक समयमा महिलाहरुको शरीर नै त्यसरी तयार हुन्छ जहाँ उनीहरु मुड फ्रेश मात्र हुँदैनन् रोमान्टिक पनि हुन्छन् । ओभ्युलेशन साइकलको समयमा महिलाहरु प्रकृतिकरुपमा नै पुरुषप्रति आकर्षित बढी हुन्छन् र ओभ्युलेसनको समयमा गर्भधारणको सम्भावना अधिक हुन्छ । यस्तो अवस्थामा महिलाहरुको शरीरमा एस्ट्रोजनकव नामक सेक्स हर्मोनले उनीहरुलाई यौन चाहाना मात्र बढाउदैन, गर्भधारणको शक्ति पनि बढाउने काम गर्छ ।

