भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महिलालाई आत्मनिर्भर बनाउन च्याउखेती

महिलालाई आत्मनिर्भर बनाउन च्याउखेती

कञ्चनपुर, । शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका महिलालाई आत्मनिर्भर बनाउनका लागि च्याउखेतीतर्फ उन्मुख गराइएको छ । नगरपालिकाको कृषि शाखाले महिलालाई च्याउखेतीसम्बन्धी तालिम प्रदान गरी व्यावसायिक बनाउन थालेको हो । महिलाको २५ को समूह निर्माण गरी च्याउखेतीबारे आवश्यक तालिमसँगै अनुदानमा कन्याजातको च्याउको बीउ र टनेल निर्माणका लागि सामग्री उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखाका प्राविधिक सहायक करनसिंह बुढाऐरले बताए ।

“वडा नं २, ३, ५, ८ र १२ का गरी १२५ जना महिलालाई तालिमका लागि छनोट गरी च्याउखेतीका लागि आवश्यक सामग्री हस्तान्तरण गर्ने कार्य सुरु गरेका छौँ”, उनले भने, “वडा नं १२ र ८ मा तालिमसँगै अनुदान सामग्री उपलब्ध गराइसकेका छौँ । अन्य वडामा तालिम सञ्चालन भइरहेका छन् ।” तालिम लिएका महिलाले अनिवार्यरुपमा च्याउखेती गरेको हुनुपर्ने शर्त राखिएको छ । विपन्न अवस्थाका महिलाको आर्थिक अवस्था सुदृढ गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुहुँदै उनले महिलालाई तालिमका क्रममा च्याउखेतीका लागि पराल तयार गर्ने कार्यसँगै प्लाष्टिक टनेल बनाउने, प्लाष्टिकका थैलामा च्याउको बीउ राख्ने र बीउ राखिसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा तालिमका क्रममा जानकारी दिने कार्य गरिँदै आएको बताए ।

तालिममा सहभागी महिलालाई तीन किलो ५०० ग्रामका दरले च्याउको बीउ, प्लाष्टिक टनेल निर्माणका लागि आवश्यक प्लाष्टिक र परालको पोकामा बीउ राख्नका लागि प्रयोग हुने प्लाष्टिकका थैलासमेत अनुदानका रुपमा उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए । प्रत्येक वडामा च्याउखेतीका लागि तालिममा सहभागी हुने २५ जना महिलालाई रु एक लाख बराबरको अनुदान सामग्री उपलब्ध गराउने कार्य भइरहेको प्राविधिक सहायक बुढाएरले बताए । पाँच वटा वडामा सञ्चालन हुने तालिम र अनुदानका लागि शाखाले रु पाँच लाख बजेटको व्यवस्था गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.