माइक्रो बस भिरबाट खस्दा एक जनाको ज्यान गयो, आठ घाइते

माइक्रो बस भिरबाट खस्दा एक जनाको ज्यान गयो, आठ घाइते

तनहुँ । व्यास नगरपालिका–५ मानहुँकोटमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन ।

पर्यटक लिएर आएको ग १ ख २९४२ नम्बरको माइक्रो भिरबाट खस्दा शुक्लागण्डकी नगरपालिका वडा नं. १, थप्रेककी २८ वर्षीया सुनिता गुरुङको ज्यान गएको डीएसपी युवराज तिमिल्सिनाले बताए ।

घाइते ८ जनाको अवस्था सामान्य रहेको र उनीहरुको रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.