भर्खरै : Sorry, your browser does not support inline SVG.

माओवादी केन्द्रविरुद्ध उजुरी हाल्नु भनेकाे बादल मण्डलीले आमामाथि अन्याय गर्नु होः युवा नेता मिलन

माओवादी केन्द्रविरुद्ध उजुरी हाल्नु भनेकाे बादल मण्डलीले आमामाथि अन्याय गर्नु होः युवा नेता मिलन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)लाई अवैधानिक भनेर निर्वाचन आयोगमा जानु बादल मण्डलीको कुनै तुक नभएको युवा नेता तुलसी डागी मिलनले बताएका छन् ।

हजारौं योद्धाको सपना लत्याएर व्यक्ति स्वार्थमा लागेर आज माओवादीलाई नै अवैधानिक भनेर खारेज गर्नु पर्छ भन्नु बादल मण्डलीले आमालाई बलात्कार गरे सरह हो भन्दै नेकपा (माओवादी केन्द्र) का युवा नेता डागीले आक्रोष व्यक्त गरेका छन् ।

माओवादी बाट व्यक्ति स्वार्थ पुरा गर्ने बेलामा गर्ने, जुन पार्टीका कारण अहिले सम्म सबै अपरचुनिटी लिन तल्लीन रहे, जुन पार्टीकाे बुइ चढेर बादलले स्वार्थ पूर्ती गरे, अहिले त्यही पार्टी विरूद्व जाइलाग्नु भनेकाे कतै दिमागमा समस्या त छैन ? भन्ने जनसमुदायमा चर्चा भएकाे डागीले बताए ।

माओवादी छोडेर एमालेमा लागेका नेता रामबहादुर थापा बादल, टोप बहादुर रायमाझी, प्रभु शाह, मणिचन्द थापालगायतले नेकपा माओवादी केन्द्रलाई अवैधानिक भन्दै असार २३ गते निर्वाचान आयोगमा पुगेर दल खारेजीको निवेदन दिएका थिए ।

२०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा नेतृत्वको उक्त टोलीले उजुरी दिएको हो ।

सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । जसका कारण उनीहरुको सांसद पद समेत गएको थियो ।

 


Thali Mobile Pvt.Ltd.