भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

‘मानसिक रोगी’लाई देखाएर आफू उम्कने प्रपञ्च

‘मानसिक रोगी’लाई देखाएर आफू उम्कने प्रपञ्च

सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको सामूहिक हत्याकाण्डमा मानसिक रोगीलाई देखेर अन्यले उम्किने प्रयास गरेको खुलासा भएको छ । सोमबार सङ्खुवासभा प्रहरीले घटनामा ५ जनाको संलग्नता रहेको भन्दै सार्वजनिक गरेपछि घटनामा नयाँ ट्वीष्ट आएको हो ।

प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार यसअघि पक्राउ परेका आरोपी लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की रहेको खुल्न आएको छ । खड्गकै योजनामा खड्गबहादुरका छोरा हस्तबहादुर, लोकबहादुर, लोकबहादुरका बुवा रणबहादुर र लोकबहादुरका भाइ नरेश कार्कीले हत्या गरेको खुलासा भएको हो । ​आरोपीहरू पाँचै जनालाई तेजबहादुरले हेप्ने गरेको, गाली गर्ने गरेको र तेजबहादुरको घरमा सम्पत्ति रहेको थाहा पाएसँग हत्या गरी लुटपाट गर्नेसम्मको योजना रहेको पाइएको छ ।

प्रहरीका अनुसार आरोपीहरू मध्ये खड्गबहादुर नियमित रूपमा मदिरा पिउने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौज गर्ने र तेजबहादुरले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली गर्ने र खड्गबहादुरले पनि ‘तँलाई के मतलब तलाईं मार्छु’ भन्दै झगडा गर्ने गरेको पाइएको छ । त्यसै गरी लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गरेकाले लोक बहादुरले इख लिई बसेको पाइएको छ । त्यसै गरी नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने र रण बहादुरलाई समेत ‘तँ लठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको भनी मनमा ईख पालेको र घटनाको दिन आरोपीहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोही मौका छोपी योजना बनाई हत्या गरेको पाइएको छ ।

हत्यामा पाँच जनाको संलग्नता रहेको भए पनि कुनै कारणवश प्रहरीले पत्ता लगाएमा जसलाई पत्ता लगाउँछ उसैले मात्रै जिम्मा लिने योजना बनाएको पाइएको छ । घटनाका बारेमा अन्य कसैले केही नभन्ने र लोक बहादुरले डिप्रेसनको औषधि खाइरहेको कारण उसैले जिम्मा लिने योजना बनाएको पाइएको छ । लोक बहादुर मानसिक रोगी रहेको भन्दै उनलाई धेरै कारबाही नहुने भन्दै लोकबहादुरले घटनाको जिम्मा लिएका थिए र सुरुमा घटनामा आफ्नो मात्रै संलग्नता रहेको बताएका थिए ।

तर लोकबहादुरमा भाइ नरेश कार्कीले घटनापश्चात् हराइरहेको रञ्जनाको ओप्पो कम्पनीको मोबाइल चलाएपछि घटनामा नयाँ ट्वीष्ट आएको थियो । भदौ २९ गते घरमुनिको ओडारमा लुकाएको मोबाइल नरेशले चलाएपछि प्रहरीले नरेशलाई पक्राउ गरेको थियो । तर पक्राउपछि नरेशले घरमै पाएकाले चलाएको बयान दिए पनि प्रहरीले थप केरकार गर्दा आरोपी लोकबहादुरले घटनामा ५ जनाको संलग्नता रहेको बयान दिएका थिए । लोकबहादुरको बयानलगत्तै प्रहरीले लोकबहादुरका बुवा, भाइ, काका र काकाका छोरालाई पनि पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

सभारः ratopati.com

 


Thali Mobile Pvt.Ltd.