भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मासु पसलको अनुगमनःबासी र कुहिएको बिक्री

मासु पसलको अनुगमनःबासी र कुहिएको बिक्री

भक्तपर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको छ । दशैंलाई लक्षित गरी भक्तपुर नगरपालिकाले आज यहाँका मासु पसल एवं मासु काट्ने ठाउँको अनुगमन गर्दा व्यवसायीले जथाभावी मूल्य राखी उपभोक्ता ठग्ने र बासीm कुहिएको मासु बिक्री गरेको तथा बधस्थलहरु अधिकांश फोहर रहेको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिनुभयो ।

अनुगमन टोलीले दर्ता नगरी सञ्चालित हरिकृष्ण शाहीको राँगाको मासु पसलमा बिग्रेको, बासी र कुहिएको मासु बिक्री गरेको पाइएपछि १० किलो मासु जफत गरी नष्ट गरेको र तत्काल दर्ता गर्न निर्देशन दिएको छ । अनुगमनमा पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नवीकरण गर्न, सेतो एप्रोन प्रयोग गर्न, मासु झिंँगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजार, भाँडाबर्तन सफा राख्न, मूल्यसूची राख्न, ससेजको लेबलमा उत्पादन मिति र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको अनुगमन समितिका रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
सालकको खपटासहित पक्राउ

खपटा बिक्री गर्न ग्राहक खोज्दै हिँड्ने तीन जनालाई प्रहरीले भक्तपुर नगरपालिका–९ च्याम्हसिंहबाट पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाट पाँच किलो ३०० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपटासहित तीन जनालाई पक्राउ गरी आजै आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाएको छ ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–९ घर भई काठमाडौं गौशाला बस्ने २३ वर्षीय कपिल बस्नेत, रामेछाप दोरम्बा गाउँपालिका–५ बस्ने ४५ वर्षीय लाल तामाङ र भक्तपुर नगरपालिका–९ बस्ने रामेछाप सुनापति गाउँपालिका–४ का ३० वर्षीय ज्ञानबहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाएइको छ । रासस

 


Thali Mobile Pvt.Ltd.