भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

तीन हजार ७४९ जनामा कोरोना सङ्क्रमण

तीन हजार ७४९ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ७४९ जनामा कोरोना भाइरस ९कोभिड–१९० पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनुभएको मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार ५१८ पुगेको छ । आज १६ हजार ५९८ पिसिआर परीक्षण गरिएको छ ।

यसैगरी काठमाडौँमा एक हजार ६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी काठमाडौँ उपत्यकामा आज एक हजार ९३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । मुलुकभर संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहनुभएको मन्त्रालयले जनाएको छ । साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा चार हजार ८२५ जना रहनुभएको छ । कोरोना सङ्क्रमित मध्ये ६८ जनाको भेन्टिलेटरमा र ३१४ जनाको आइसियुमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.