भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मुक्तकमैया शिविरमा भीषण आगलागी, दर्जन घर जलेर नष्ट

मुक्तकमैया शिविरमा भीषण आगलागी, दर्जन घर जलेर नष्ट

कैलाली । मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ । कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर शिविरमा आइतबार आगलागी भएको प्रहरीले जनाएको छ ।

खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहे पनि हावाहुरी चलेका कारण समस्या भएको छ ।

८० वटा घर रहेको उक्त शिविरका दर्जन बढी घर जलेर नष्ट भएको सीमा प्रहरी चौकी रामपुरका असई जनक धानुकले बताए । उनले आगलागीबाट भएको क्षतिबारे यकिन विवरण आउन समय लाग्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.