भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

उम्मेदवार छनोटको जिम्मा देउवालाई

उम्मेदवार छनोटको जिम्मा देउवालाई

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समिति बनाए पनि कार्यसम्पादन समितिको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार सभापति देउवालाई नै दिएको छ ।

१३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई राखेर काँग्रेसले संसदीय समिति बनाएको हो । विधानअनुसार पार्टी सभापति स्वतः संसदीय समितिको सभापति र महामन्त्री संसदीय समितिको महामन्त्री हुनेछन् ।

कार्यसमितिका पदाधिकारीहरु पदेन सदस्य हुनेछन् भने सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले सदस्यमध्ये बढीमा ११ जना सदस्य तोक्न सक्नेछन् ।

तर देउवाले आइतबार वरिष्ठ नेता पौडेलको नाम मात्र प्रस्ताव गरेका छन् । डा. शेखर कोइरालालाई राख्न चाहेनन् । आइतबार नै समितिको पहिलो बैठक बसेको छ ।

संसदीय समितिको निर्णयलाई आइतबार नै बसेको कार्यसम्पादन समितिको दोस्रो बैठकले अनुमोदन गरेको जीवन परियारले बताए ।

 


Thali Mobile Pvt.Ltd.