भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

मुद्दा फैसलामा ढिलाइ हुँदा काठ सड्दै

मुद्दा फैसलामा ढिलाइ हुँदा काठ सड्दै

महोत्तरी, । न्यायिक निकायले समयमै मुद्दाको फैसला नगर्दा बहुमूल्य काठ सड्न थालेको छ । जिल्लाका विभिन्न वनमा चोरी कटानका क्रममा वनका कर्मचारीले बरामद गरेको काठ दैनिक सड्न थालेको छ । मुद्दा समयमै फैसला नहुँदा लिलामी प्रक्रियामा लैजान नसकिएको जिल्ला वन कार्यालयका कार्यालयका रेञ्जर सन्तोषकुमार यादवले जानकारी दिए । चोेरी कटान भएका काठ बरामद गरिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ ।

बरामद गरिएका दुई लाख बिगोभित्रका काठ चोरी मुद्दाको सुनुवाइ डिभिजन वन कार्यालयकै इजलास तथा त्यसभन्दा बढीको सुनवाइ जिल्ला अदालतले गर्ने कानुनी व्यवस्था छ । बरामद गरिएको चार हजार क्यूफिट काठ डिभिजन वन कार्यालयमातहतको सशस्त्र वन सुरक्षा शाखा, माईस्थानको कार्यालय परिसरमा थन्किएको छ । चार वर्षयता बरामद गरिएको काठ सड्ने र धोद्रिने क्रममा छ । डिभिजन वन कार्यालयमा २०४८ सालयता १९८ वन मुद्दा काठ चोरी निकासी परेका डिभिजन प्रमुख विनोदकुमार सिंहले बताए ।

यी मुद्दा रु दुई लाख बिगोभित्रका हुन् । यसबाहेक २०० भन्दा बढी मुद्दा अदालतमा विचाराधीन अवस्थामा छन् । यस्तै पूर्वपश्चिम रेलमार्ग र विद्युत् प्रसारण लाइन निर्माणका लागि कटान गरिएको काठ पनि जिल्लाका विभिन्न ठाउँमा राखिएको छ । कटान भएको काठको लिलामीका लागि वन मन्त्रालयसम्मको स्वीकृति लिनुपर्ने प्रावधान छ । यस क्रममा कुकाठ भने बिक्री गरिएको सिंहले बताउनुभयो । हाल सड्न थालेको काठ करोडौँ रुपैयाँको रहेको वन कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.