भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कालिकोटका सबै पालिका सडक सञ्जालसँग जोडिए

कालिकोटका सबै पालिका सडक सञ्जालसँग जोडिए

मान्म, । कालिकोटका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । रास्कोट, खाडाचक्र र तिलागुफा नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी, पचालझरना र नरहरिनाथ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् । नौ स्थानीय तहका ८२ वडामध्ये प्रायःजसोमा सडक पुगेको छ । रास्कोट नगरपालिकाका नौवटै वडामा सडक पुगेको उपप्रमुख मिमसरा बम शाहीले बताए ।

“सबै वडा सडक सञ्जालसँग जोडिएका छन्”, उनले भने, “मूल सडक कालोपत्रे हुँदैछ भने अन्य वडामा कालोपत्रको तयारी छ ।” खाडाचक्र नगरपालिकाका ११ वटै वडामा सडक पुगेको उपप्रमुख विजया विष्टले जानकारी दिए । “स्थानीय सरकार बनेपछि सबै वडामा सडक पु¥याएका छौँ”, उनले भने “सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ ।” यस्तै तिलागुफा नगरपालिकाका ११ वटै वडामा पनि सडक पुगेको छ ।

सान्त्री त्रिवेणी गाउँपालिका, पलाँता गाउँपालिकाका र पचालझरना गाउँपालिकाका सबै वडा सडक सञ्जालले जोडिएका छन् । नरहरिनाथ गाउँपालिकाका नौमध्ये पाँच वडामा सडक पुगेको छ । चार वडामा यसै आर्थिक वर्षभित्र सडक विस्तार गरिने अध्यक्ष धीरबहादुर विष्टले बताए । वडा नं ८, ९, १, २ र ३ मा सडक बनेको छ । वडा नं ४, ५, ६ र ७ मा सडक खन्ने तयारी छ । शुभकालिका गाउँपालिका र महावै गाउँपालिकामा केही बाहेक अन्य वडा सडक सञ्जालले जोडिएका अध्यक्ष खडानन्द चौलागाईँले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.