भर्खरै : Sorry, your browser does not support inline SVG.
मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर र सरुवा | एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु | बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौँ-कोशी-बागमतीका सडक ठप्प | ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन | बागमती प्रदेशमा ७०१ दरबन्दी कटौतीको तयारी, प्रशासनिक पुनर्संरचना अन्तिम चरणमा | औद्योगिक क्षेत्रका उद्योगलाई ७ दिनभित्र बक्यौता तिर्न निर्देशन, नतिरे कारबाहीको चेतावनी | प्रदेश र पालिकामा ४ खर्ब २४ अर्ब बजेट, मधेश र कर्णालीलाई सबैभन्दा बढी अनुदान | डिजिटल माध्यमबाट साना तथा मझौला व्यवसायीले १० लाख रुपैयाँसम्म कर्जा पाउने |

मुसहर युवायुवतीको बालविवाह नगर्ने प्रतिबद्धता

मुसहर युवायुवतीको बालविवाह नगर्ने प्रतिबद्धता

सर्लाही, । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । पोखरियामा लैङ्गिक रुपान्तरणका लागि सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन विषयक कार्यक्रममा वडा नं ४ पोखरियाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका वडाध्यक्ष सञ्जीवसिंह दनुवारले जानकारी दिनुभयो । मुसहर महिला सशक्तीकरण मञ्चमा आबद्ध भएपछि आफूहरुमा क्षमता विकास र सशक्तीकरणको चेतना वृद्धि हुँदै आएको भन्दै उनीहरुले अब बालविवाह नगर्ने जनाएका हुन् ।

मासिक बचत्त सङ्कलन गर्दै आएका त्यहाँका बालबालिकाले आफूहरुलाई कमाएको जति सबै खाएर उडाउने समुदाय भनेर आरोप लाग्ने गरेकामा अब समुदायमा नयाँ तरङ्ग ल्याउने बताए । आफूहरुले मासिक गर्ने बैठकको भत्तासमेत बैकमा खाता खोलेर जम्मा गर्दै आएको समूहकी अगुवा सुनिता माझी मुसहरले बताउनुभयो । आफ्नो समुदायको सशक्तीकरणमा लगानी गर्न स्थानीय सरकारसँग आग्रह गर्दै आएको, आफ्नो समुदाय तथा घरपरिवारका सदस्यको खराब व्यवहार सुधारका लागि विभिन्न समयमा तालिम लिने गरेको र तालिममा सिकेका कुरा व्यवहारमा लागू गरिने उहाँको भनाइ थियो ।

अगुवा माझीका अनुसार सशक्तीकरण मञ्चका सदस्यका परिवारलाई पनि व्यवहार परिवर्तन र सशक्तीकरणका विषयमा समयसमयमा तालिम दिने गरिएको छ । वडाध्यक्ष दनुवारले मुसहर बालबालिकाको जन्म दर्ता गराउन सहयोग गर्ने, दलित विद्यार्थीलाई विद्यालयमा पठाउने वातावरण तयार गर्न वडा कार्यालयले गर्नसक्ने सबै गर्ने बताउनुभयो ।सर्लाहीको दलित तथा मुसहर समुदाय लैङ्गिक समानता र सामाजिक समावेशीकरणका क्षेत्रमा अझै निकै पछाडि परेको छ । असमानताको खाडललाई कम गर्न घरपरिवारदेखि नै परिवर्तनको सुरुआत गर्नुपर्दछ भन्ने उद्देश्यले सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन गर्न समयसमयमा तालिम आवश्यक पर्ने साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका चार स्थानीय निकायका १५० घरपरिवारका ७५० माझी मुसहरलाई लैङ्गिक रुपान्तरणका लागि सामाजिक व्यवहार परिवर्तन तथा मूल्यमान्यतासम्बन्धी तालिम दिइ सकिएको छ । मुसहर समुदाय गरिबी, अशिक्षा, चेतनाको कमीका कारण हरेक क्षेत्रमा पिछडिएका अगुवा पचुलाल माझीले बताउनुभयो । बालविवाह, मद्यपन तथा धूमपान, दाइजो प्रथा, जातीय छुवाछूत र विभिन्न सामाजिक मूल्यमान्यता आदिका कारण आर्थिक र सामाजिकरुपमा मुसहर समुदाय कमजोर रहेकाले खराब बानी व्यवहार हटाएर राम्रो कामको सुरुआत गर्नुपर्ने उहाँको भनाइ थियो ।जिल्लाको बरथहवा, हरिपुर, बसबरीया र चन्द्रनगर गाउँपालिकामा मुसहर समुदायलाई समय–समयमा तालिम सञ्चालन हुँदै आएकोे छ ।

 


Thali Mobile Pvt.Ltd.