भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मूला बेच्ने आमा, जसले कमाउँछन् एक महिनामा पच्चिस लाख (भिडियोसहित)

मूला बेच्ने आमा, जसले कमाउँछन् एक महिनामा पच्चिस लाख (भिडियोसहित)

भक्तपुर । नुवाकोट रानीपौवाका किसानहरुले मूला खेतीबाट मन्य आम्दानी गरेका छन् । आईरन र कार्बोहाईड्रेड अधिकतम पाईने मूला विशेषगरी मानव शरीरका लागि बढी फाईदाजन भएकाले यहाँका किसानहरु मूला खेतीमा आकर्षित मात्रै भएनन्, मनग्य आम्दानीसमेत गर्न थालेका हुन । नुवाकोटमा मिनअर्ली, ह्वाईटनेक, चालिसे, चेतकी र तोकीनासी जातका मूलाहरु बढी उत्पादन हुने गरेको किसानहरूले बताए ।

नुवाकोटका विभिन्न स्थानमा मूलाको व्यवसायिक खेती गरिएकाे उनीहरूकाे भनाइ छ । यहाँको मूला खरिद गरेर काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा विक्रि गरी यसबाट करिब १, डेढ करोडसम्म आम्दानी गर्ने गरेकाे व्यापारि बताउँ छन् । परम्परागत रूपमा गरिने अन्न बालीको तुलनामा व्यवस्थित गरिने मूला खेतीले बढी आम्दानी हुने र जीविकोपार्जनमा समेत सहज हुने भएकोले यसतर्फ लागेको स्थानीय कृषक बताए ।

गाउँ गाउँमा गएर मूला ल्याइ विक्रि गर्ने व्यापारिले मनग्य आमदानी गर्न पाएको रानीपौवाली एक व्यापारिले बताइन् । उनले भक्तपुरमा ल्याएर विक्रि गर्ने गरेको र मूला विक्रिबाट २५ लाखसम्म आम्दानी गरेकाे उनकाे भनाइ छ । जिल्लामा उत्पादन भएका मूला सदरमुकामलगाएत देशका विभिन्न ठाउँमा विक्रि हुने गरेकाे छ ।

हेर्नुहोस् भिडियो…

 


Thali Mobile Pvt.Ltd.