मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टरको मृत्यु

मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टरको मृत्यु

नवलपरासी । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय कपिल वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय बर्दघाटमा दरबन्दी भएका वाग्ले हाल निलम्बनमा परेका थिए ।

बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति आठ बजेतिर ठक्कर दिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.