भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

यामालले तोडे पेलेको कीर्तिमान

यामालले तोडे पेलेको कीर्तिमान

म्युनिख । स्पेनका लागि आइतबार इंग्ल्यान्डविरुद्धको युरो २०२४ को फाइनल खेलमा लामिन यामालले ६६ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । आफ्नो १७ औँ जन्मदिन मनाएको एक दिनपछि यामाललाई ला रोजाको प्रारम्भिक ११ मा राखिएको थियो । योसँगै सन् १९५८ को विश्वकप फाइनलमा पेलेले बनाएको कीर्तिमान तोड्दै उनी अब प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। सन् १९५८ को विश्वकप फाइनल खेल्दा पेले १७ वर्ष २४९ दिन उमेरका थिए ।

युरोपियन च्याम्पियनसिप सुरु भएयता बार्सिलोनाका युवा खेलाडीले तोडेको यो पहिलो कीर्तिमान भने होइन । उनी आफ्नो टोलीको उद्घाटन खेलमा क्रोएसियाविरुद्ध खेल्दा युरोपियन च्याम्पियनसिप खेलमा सुरुवात गर्ने सबैभन्दा कान्छो खेलाडी बने। फ्रान्सविरुद्धको सेमिफाइनल जितमा गोल गर्दा उनी प्रतियोगिताको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.