भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युक्रेन युद्धग्रस्त शहरमा फसेका सबै नागरिकको उद्धार

युक्रेन युद्धग्रस्त शहरमा फसेका सबै नागरिकको उद्धार

काठमाडौं । युक्रेनको युद्धग्रस्त शहर मारियुपोल स्टील कारखानामा फसेका सबै नागरिकको उद्धार गरिएको युक्रेन सरकारले दावी गरेको छ । युक्रेन र रुसबीचको युद्धमा रुसी सेनाको घेरामा परेको मारियुपोल शहरको स्टील कारखानामा १ हजार बढी नागरिक फसेको बताईएको थियो ।

उद्धार गरिएकामा अधिकांश महिला, बृद्ध बृद्धा र बालबालिका रहेका छन । संयुक्त राष्ट्रसंघ र रेडक्रसको समन्वयमा सुरु भएको उद्धार कार्यमा सयौं सुरक्षाकर्मीको पहराबीच उनीहरुको उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरूलाई कता लगिएको भन्ने विषयमा भने युक्रेन सरकारले केही बताएको छैन । यसैबीच युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोल स्टीलप्लान्टमा फसेका नागरिकहरुमध्ये अन्तिम समुहका ३ सय जनालाई सुरक्षित स्थानमा लैजान सफल भएको प्रतिक्रिया दिएका छन् ।

सो औद्योगिक क्षेत्र मारियुपोल शहरमा युक्रेनी सेनाको पकडमा रहेको अन्तिम क्षेत्र हो ।

 


Thali Mobile Pvt.Ltd.